७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले लगायो १९ उम्मेदवारको टुङ्गो 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुङ्गो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ।

नामहरूको अन्तिम रुजु गरेर केही बेरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

एमालेका एक नेताले जानकारी दिएअनुसार एमालेले सात प्रदेशका १९ सिटमै उम्मेदवारीको टुङ्गो लगाएर टिकटसमेत दिइसकेको छ।

ती नेताले दिएको जानकारीअनुसार बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।

अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। काठमाडौँका देवकोटा एमालेको युवा संघमा आबद्ध थिए। युथ फोर्समा सक्रिय रहेका बेला माओवादीसम्बद्ध योङ कम्युनिस्ट लिगले आक्रमण गर्दा खुट्टा गुमाउन पुगेको एमालेले बताएको छ।

यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन्।

दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुङ्गो लागेको एमाले कर्णालीका एक नेताले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुङ्ग्याएको छ।

महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुङ्गो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन्। पहिले यही क्लस्टरबाट राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष भएका गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ। 

गण्डकीकै अपाङ्गतारअल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने प्रदेश अध्यक्ष नवराज शर्माले बताए।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुङ्गो लागेको प्रदेश कमिटीले जानकारी दिएको छ। कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएका छन्। 

लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बन्ने निश्चित भएको छ।

एमालेले मधेस प्रदेशमा पनि उम्मेदवार टुङ्गो लगाएको छ। अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई मधेस प्रदेशबाट उम्मेदवार बनाउने भएको छ।

शुक्रबार बसेको एमालेको २६ औँ सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत माघ ११ गते निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन घटक दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन्। सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन्।

सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन्। यद्यपि समाजवादीले २ सिटमा चित्त बुझाएको छैन। 

३ सिटको ‘बटम लाइन’ अघि सारेको एकीकृत समाजवादीको अहिले सचिवालय बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस