११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन ‘प्रचण्ड’ र देउवा सहमत

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदै छन् ।  

‘तपाईँलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याई भएन,’ प्रधानमन्त्री दाहाल र सभापति देउवाले सिटौलासँग भनेको भनाई उदृत गर्दै काँग्रेस उच्च सूत्रले भन्यो,‘अब तपाईँ राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’ राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटक पटक उनीहरूसँग वाचा दोहोर्‍याउन लगाएर मात्र सदस्य पदमा मनोनयन गर्न विराटनगर जान लागेको सूत्रले बतायो । 

कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका थिए । त्यस बेला लिङ्देन झापा क्षेत्र नम्बर ३ मा सिटौला चुनाव लड्दा आफूलाई असजिलो भएको कुरा सुनाउँदा देउवाले भनेका थिए, ‘अब सिटौला झापाबाट चुनाव लड्दैनन्, उनी राष्ट्रिय सभामा जान्छन्, ढुक्कसँग सहयोग गरे हुन्छ’ भनेर आश्वासन दिएका थिए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई यस पटक राष्ट्रिय सभाको नेतृत्वमा पुर्‍याउन आफू वचनबद्ध रहेको निकटस्थहरूसँग बताएका छन् । यता सभापति देउवाले आफू निकट नेताहरू पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरिसकेका छन । 

नेपाली काँग्रेसमा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, गोविन्द पोखरेल र सुजाता कोइरालासहित पाँच सय जति नेताले राष्ट्रिय सभा सदस्य बन्ने आकांक्षा सभापति देउवासँग राखिसकेका छन् । देउवा निवासमा नेता शेखर कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक आकांक्षीहरु मध्येबाट नाम छनौट गर्न सक्रिय भएको थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस