५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल चढेर पनि प्रमाणपत्र नबुझेका आरोहीको नाम सार्वजनिक

अ+ अ-

काठमाडौँ । विभिन्न मितिमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ ।

पर्यटन विभागका अनुसार दलका नेताको मृत्यु भएको वा हराएको, आफ्नो देशमा फिर्ता गएको वा सम्पर्कमा नआएको जस्ता कारणले विभागमा ब्रिफिङ हुन नसकी ४८ जना आरोहीले हिमाल चढेको प्रमाणपत्र पाएका छैनन् ।

विभागले त्यस्ता फाइलको सन्दर्भमा आवश्यक निर्णय लिनु परेको भन्दै आरोहीले हिमाल चढे/नचढेको सम्बन्धमा कुनै उजुरी, गुनासो वा सिकायत भएमा लिखित प्रमाणसहित बुझाउन १५ दिनको समय दिएको छ ।

आरोहीले प्रमाणपत्रसँगै फोहोर फिर्ता गरी गार्बेज धरौटी समेत फिर्ता पाउँछन् । तर, यी ४८ जना आरोहीको गार्बेज समेत फिर्ता नभएको विभागले जनाएको छ ।

विभागका अनुसार सेभेन समिटबाट सन् २०१८ मा सगरमाथा चढेका १४ जनाको ब्रिफिङ बाँकी छ । सोही कम्पनीबाट सन् २०२२ मा हिमाल चढेका ८ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

यही कम्पनीबाट सन् २०१८ मा मकालु चढेका १२ जनाको समेत बिफ्रिङ बाँकी रहेको विभागले जनाएको छ ।

हिमालयन स्की ट्रेकबाट सन् २०१९ मा हिमाल चढेका १३ जनाले प्रमाणपत्र लिएका छैनन् । पिक प्रमोशन प्रालिबाट सन् २०१९मा हिमाल चढेका १ जनाको समेत प्रमाणपत्र लिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस