१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

अ+ अ-

काठमाडौँ। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

बरहथवामा बसेको छलफलबाट छानबिन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको हो । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात् प्रहरीले मुचुल्का गरी उठाउन लागेको हो ।

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो ।

बुँदा :

१. आन्दोलनको क्रममा असामयिक निधन भएका युवा व्यवसायी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति संवेदना व्यक्त

२.गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रूपमा घटनाको छानबिन गर्न सहयोग गर्ने

३.मृतक परिवारको एक जनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात् कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल सञ्चालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सहकार्य एवं छलफलबाट टुङ्ग्याउने

५. मृतकको शालिक अस्पताल प्राङ्गण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने

६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने

७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने

८. दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउने

९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने

१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने

११. मृतकको शवलाई तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने

प्रतिक्रिया दिनुहोस