९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै

अ+ अ-

काठमाडौँ। रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ ।

इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो । त्यसअनुसार कतिपय विद्यालयहरूले बिदा दिन थालेका छन् । शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम तीन मा तोकिएबमोजिम बिदा दिन सूचनामा भनिएको छ ।

एक शैक्षिक सत्रमा हिउँद बिदा वा बर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान बमोजिम बर्षे बिदा सञ्चित रहेकोबाट आवश्यकता अनुसार जाडो बिदा दिन सुझाव दिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख रामविनय सिंहद्वारा हस्ताक्षरित सूचनामा जाडो अत्यधिक बढेकाले बिदा दिन आग्रह गरिएको हो ।

चन्द्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पुस २४ गते देखि माघ पाँच गतेसम्म बिदा दिएको जनाएको छ । चन्द्रपुर नगरपालिका वडा नं. पाँच मा रहेको जनज्योति माध्यमिक विद्यालयले १३ दिन जाडो बिदा दिएको छ ।

चन्द्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा चन्द्रनिगाहपुरको मिति २०८०-९-२३ को च.नं. ३३९ को पत्रानुसार शैक्षिक क्यालेण्डर २०८० बमोजिमको बाँकी रहेकाले १३ दिन बिदा मध्ये कट्टा हुने गरी बिदा दिएको उल्लेख गरेको छ । जनज्योति माध्यमिक विद्यालयले सोमबार निकालेको सूचनामा पुस २४ गतेदेखि माघ पाँच गते शुक्रबारसम्म विद्यालयको पठन पाठन बन्द गरिएको जनाएको छ ।

विद्यालयको पठनपाठन माघ सात गतेदेखि यथावत् विद्यालय सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । तर यस बीचको अवधिमा सार्वजनिक बिदाबाहेक विद्यालय प्रशासन भने खुल्ला रहने जानकारी गराएको छ ।

केही दिनदेखि अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जाडो बिदा दिएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यस अवधिमा आफ्नो बालबालिकालाई घरमै अध्ययन गराउनका लागि अभिभावकलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस