७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्योतिष विद्यालाई गरिखाने माध्यम मात्र नबनाऔँ : मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई हचुवाका भरमा जीविकोपार्जनको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

ज्योतिष विद्यालाई व्यवस्थित, वैज्ञानिक र अनुसन्धानमूलक रूपमा विकास गर्न आवश्यक भएको औँल्याउँदै त्यसका लागि सरकारले सहयोग गर्ने आश्वासन खड्काले दिए ।

मंगलबार काठमाडौंमा नेपाल ज्योतिष परिषद्को रजत महोत्सव पारेर आयोजित कार्यक्रममा रक्षामन्त्री खड्काले ज्योतिष परिषद्को सफलताको कामना गर्दै ज्योतिष विद्यालाई चीना बनाउने र टिप्पणी गर्नेभन्दा माथि उठाउनुपर्नेमा जोड दिए ।

उनले समाजमा ज्योतिष विद्याको महत्व उल्लेख्य रहेको बताउँदै हाल ज्योतिष विद्या जान्नेको नाममा गलत सन्देश फैलाउने र कमाईखाने पेशा बनाउने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्य गरी अझ वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक भएको धारणा राखे । त्यसका लागि उनले सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । ‘ज्योतिष विद्यालाई यदाकता हचुवाको रूपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम मात्र बनाउने गरेको देखिएको छ । त्यसलाई निराकरण गरी यो विद्यालाई वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक छ । यसतर्फ यो संस्था र सबै विज्ञहरूले विशेष ध्यानदिनुहुन अनुरोध छ,’ खड्काले भने ।

परिषद्ले ज्योतिष विद्याको माध्यमबाट नागरिकमा ज्योतिषिय सन्देश प्रवाह गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका खड्काले ज्योतिष विद्यालाई समय प्रविधि सुहाउँदो गरी विकास गर्नुपर्नेमा जोड दिए । खड्काले भने, ‘ज्योतिष हाम्रो समाज,पारिवारिक र व्यक्तिगत जीवनसँग अभिन्न रूपमा गाँसिएको विद्या हो ।

यो प्रमाणित भैसकेको छ । यसलाई हामीले अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गर्दै विश्वभर यसको प्रचार-प्रसारमा अघि बढ्न अझ बढी जोड गर्नुपर्ने आवश्यकता छ । यो संस्थाले त्यसको लागि पहल गरोस् । आवश्यक सहयोग गर्न सरकार तयार छ ।’ कार्यक्रममा ज्योतिष विद्याको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस