८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

अ+ अ-

काठमाडौँ । जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

आन्दोलनरत जग्गाधनीलाई सिंहदरबार बोलाएर मन्त्री ज्वालाले छलफल गरेका थिए । पूर्वसांसद भूमि त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो । सुरुङ मार्गको धादिङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो ।

नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए । सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वामित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको हो । स्थानीयबासीले अवरोध गरेपछि सुरुङ भित्रको कंक्रिट लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया दिनुहोस