८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको ज्यादतीले सीमा नाघेको ठहर गर्दै एमालेले गर्‍यो राजधानी केन्द्रित आन्दोलनको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसङ्गठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताए ।

संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरकमाथि सरकारको ज्यादतीले सीमा नाघेको तथ्य प्रस्तुत गर्दै आन्दोलनको तयारीमा पार्टी रहेको जानकारी दिए ।

महासचिव पोखरेलले राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढङ्गले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढ्नुपर्ने बताए ।

महासचिव पोखरेलले नेपालको आन्तरिक मामिलामा सरकारले खेलवाड गरेको भन्दै यस विषयमा जनतालाई जानकारी गराउनु पर्ने धारणा पनि राखेका छन् ।

उनले ललितपुरको ग्वार्को र सर्लाहीको बरथहवा घटनाले सरकार जनतामाथि निर्मम रूपमा दमनमा उत्रिएको प्रमाण दिएको भन्दै यस प्रकारका ज्यादती अब सैह्य नहुने प्रष्ट पारे । सर्लाहीमा सत्ता गठबन्धनले नै अराजकता मच्चाउने काम गरेको र सरकारले निर्दोष नागरिकमाथि गोली चलाएर हत्या गरेको भन्दै महासचिव पोखरेलले यी दुवै घटनामा प्रतिवाद जरुरी रहेको बताए ।

बैठकमा महासचिव पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राले अतिवादलाई पराजित गरेको निष्कर्ष सुनाए ।

प्रतिक्रिया दिनुहोस