८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश सभा : विषयगत समितिका सभापति चयन आज

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति पदको चयन आज  हुँदैछ ।  प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेश सभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । 

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार समितिका सभापति पदका प्रत्यासीले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला,अर्थ विकास तथा प्राकृतिक स्रोत,र सामाजिक समिति छन् । यस बाहेक ‘विशेष अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । 

प्रमुख दलहरू बीच भएको सहमति अनुसार विधायन तथा प्रदेश मामिलामा समितिको सभापतिमा नेपाली काँग्रेसका देवानसिंह विष्ट,सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा ९एमाले०का वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

नेकपा(माओवादी केन्द्र)ले ‘विशेष अधिकार’ समितिको नेतृत्व गर्ने समझदारी भएको जनाइएको छ । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा उम्मेदवारी दिएका काँग्रेसका देवानसिंह विष्टले भने,“प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति सम्भवतः निर्विरोध निर्वाचित हुने देखिन्छ,सदन चलेपछि विशेष अधिकार समितिको गठन र त्यसको सभापति सदस्यहरूको चयन गर्ने प्रकृया अघि बढ्नेछ ।” 

समिति नेतृत्व विहीन हुँदा प्रदेश सरकारका काम कारवाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प प्रायः थिए ।

यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगन गरिएको थियो । कांगे्रस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन्। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा काँग्रेस,माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित छ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस