१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहटका तीन पालिकामा धर्ना र तालाबन्दी

अ+ अ-

रौतहट । रौतहटका तीन स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गरेपछि सेवाग्राही मारमा परेका छन् । गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवाग्राही मारमा परेका हुन् ।

कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विभिन्न ८ बुँदाको माग राख्दै सोमबारदेखि वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायतको टोलीले तालाबन्दी गरेको हो ।

कर्मचारीहरूको छुटा-छुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन । नगर क्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खटिदै आएका कर्मचारी, डोर, करार, सफाईकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने माग अघि सारेका छन् । त्यसै गरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्ड बैठकबाट सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

गएको पुस १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त विषयबारे जानकारी माग्दा अजय प्रकाश जैसवालले २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसो नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको नगर उपप्रमुख यादवको भनाई छ ।

गरुडा नगरपालिकामा पनि उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस २० गतेदेखि कार्यपालिकाको मुख्य गेटमा ६ बुँदे माग राखेर धर्नामा बसेपछि कार्यालयको काम प्रभावित भएको हो ।

गरुडा नगर कार्यपालिकाको कार्यालयमा बुधबार छैटौँ दिन धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्न, नगर सभाका निर्णयहरू कार्यपालिका सदस्यहरू माझ सार्वजनिक गर्न लगायतका मागहरू राखेर जनप्रतिनिधि नै आन्दोलित भएका हुन् ।

लामो समयदेखि तलब सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्ना जारी राखेका छन् ।पालिकाका कर्मचारी तथा जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेपछि शिक्षक-कर्मचारी धर्नामा बसेका हुन् ।

जनप्रतिनिधिबिच आपसी विवादका कारण फतुवा विजयपुरमा नगर सभा समेत हुन नसकेको हो । नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले नगर सभा गर्नका लागि पटक पटक बैठक आह्वान गरे पनि विवादका कारण नभएको जनाए ।

फतुवा विजयपुरमा नेपाली काङ्ग्रेसबाट विजयी मेयर, उपमेयर, ७ जना वडा अध्यक्ष र ८ जना मनोनित गरी १७ जना र अन्य दलका चार जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस