१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण

अ+ अ-

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा-घोडेटार सडक निर्माण गरिएको हो ।

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर रु आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रूपमा रु २८ लाख ६४ हजार नौ सय ९३ र विभिन्न सङ्घ संस्थाबाट रु ३३ लाख ११ हजार छ सय लगानी भएको बताइएको छ ।

सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उनको भनाइ छ ।

‘विशेष दिन पारेर दातालाई सम्मानसँगै सडक स्मारकमा घोडाको प्रतिमा अनावरण गरेका छौँ’, उनले भने, ‘यसले यहाँको ऐतिहासिकतालाई झल्काउने छ भने यहाँको पर्यटनको प्रवर्द्धनमा टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ । सडक विस्तारमा सहयोग गर्ने दाताको योगदानको पनि कदर हुनेछ ।’ कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालीन समितिलाई प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालीन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट डोजर तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । ‘विकासका निमित्त जनस्तरबाट गरिएको यो साहसिक काम हो’, उनले भने, ‘त्यो समयबाट हाम्रो क्षेत्रमा सडक विस्तारको थालनी भएको हो । सुरुको चरणमा नागरिकस्तरबाट खेलिएको भूमिकाको कदर गर्नको लागि उहाँहरूलाई सम्मान गरेका हौँ ।’

गाउँपालिकाले सम्मानपत्रसँगै यो काममा योगदान पुर्‍याउने दाताको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उनको भनाइ छ । “स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैँले पनि भूमिका खेल्न आवश्यक छ’, उनले भने, ‘तत्कालीन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य छ । नागरिकले खेलेको भूमिकाको सम्मानस्वरुप उहाँहरूलाई सम्मान गरेका हौँ ।’

ग्रामीण सडक विस्तारसम्म नभएको अवस्थामा यहाँ सडक विस्तारको लागि अरुण नदीबाट पहिलो पटक ‘स्काभेटर’ तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिकरुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो । स्थानीयले करिब रु ६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा-सुन बालुवा-होम्ताङ-घोडेटार सडक विस्तार गरेका थिए । जनस्तरबाट सङ्कलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयबाट आफ्नो क्षमताअनुसारको सङ्कलन गरेर सडक निर्माण गरिएको तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यानबहादुर राउतले बताए ।

प्रतिक्रिया दिनुहोस