८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शक्ति बस्नेतको दाबी : मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक प्रगतिको बाटोतर्फ लम्किरहेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा उनले सुशासन, समृद्धि र सामाजिक विकासका दृष्टिकोणले सरकार निकै अगाडि बढेको बताए । ‘अब मुलुक सुशासन, समृद्धि र सामाजिक विकासको एजेन्डा बोलेर सामाजिक न्यायको पक्षमा अगाडि बढेको छ’, मन्त्री बस्नेतले भने, ‘आर्थिक र सामाजिक रूपान्तरणको नयाँ प्रक्रियामा मुलुक अगाडि बढेको छ ।’

मुलुक बर्बाद हुँदै गइरहेको भाष्य तयार गरिरहेको बताउँदै उनले भने, ‘त्यस्तो होइन, प्रगति र उन्नतितर्फ अगाडि बढिरहेको छ । अस्तिभन्दा हिजो र हिजोभन्दा आज प्रगति भइरहेको छ ।’ बस्नेतले विद्युत् उत्पादनमा नेपालले पछिल्लो आठ वर्षमा ठूलो फड्को मारेको दाबी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २ हजार ९०० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । तीन महिनामा ५०० मेगावाट विद्युत् थप हुँदैछ’, ऊर्जामन्त्री बस्नेतले भने, ‘७८ वर्षमा नेपालमा २२ प्रतिशतले विद्युत् पाइरहेका थिए । अहिले ९८ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगिसकेको छ ।’

उनले अहिले २६ लाख घरपरिवारले निःशुल्क विद्युत् प्रयोग गरिरहेको दाबी गरे । ‘यो तथ्यले मुलुक बर्बादीतर्फ गइरहेको छैन, प्रगतितर्फ गइरहेको छ भन्ने पुष्टि गर्छ’, उनले भने, ‘यो तथ्यलाई सही ढंगले अगाडि बढाउनु पर्छ ।’ सरकार यही मर्म र भावना आत्मसात् गरेर अगाडि बढिरहेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस