७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारका खातामा १८७ अर्ब मौज्दात : राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको राष्ट्र बैंकको आँकडामा उल्लेख छ ।

२०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी पुगेको हो । नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पुँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

राजस्व परिचालन लक्ष्यको तुलनामा कम सङ्कलन भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा सुधार भएको छ । मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो । यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।

प्रतिक्रिया दिनुहोस