१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काजल श्रेष्ठ बनिन् नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

अ+ अ-

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् ।

त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औँ इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि २६ वर्षीया काजलले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताइन् ।

अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।

फोर्थ डान ब्ल्याकबेल्टधारी काजलले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको उनले सुनाइन् ।

सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औँ सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । यस्तै उनले गत वर्ष अजरवैजानमा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेलकी थिइन् ।

काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौँमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौँमा भएको काठमाडौँ ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रजत र कांस्य पनि जितेकी छन् ।

उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छन् भने विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड समेत जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस