८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनले जिताइदेला भन्ने होइन, अरूले हामीलाई माग्ने पार्टी बनाउनुपर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको दाबी गरेका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीले आफ्नो ढङ्गले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२-६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरू फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौँ ।

उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए । पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिए ।

नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’

उनले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए ।

उनले भने, ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरूलाई हामीले होइन हामीलाई चाहिँ अरूले माग्ने स्थिति बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस