६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेन्सर बोर्डद्वारा आधिकारिक वेबसाइटको सुरुवात

अ+ अ-

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आधिकारिक वेबसाइटको सुरुवात गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार आयोजित समारोहमा पोर्टलको आरम्भ गरिन् ।

उक्त पोर्टलमा चलचित्र जाँचसम्बन्धी इतिहास, प्रावधान, सूचना र अन्य तथ्यहरू समावेश हुने जनाइएको छ । मन्त्रालयले जावलाखेलको स्टाफ कलेजमा आयोजना गरेको सेन्सर बोर्ड र सरोकारवालाबीचको अन्तरसंवाद कार्यक्रममा पोर्टलको थालनी गरेकी हुन् ।

उनले नेपाली चलचित्र क्षेत्र २०२६ सालकै कानुनमा अघि बढेकाले नयाँ परिस्थितिअनुसार अघि बढाउन कानुनमा परिमार्जनको तयारी भइरहेको बताइन् । उनले सरोकार व्यक्ति र निकायलाई उक्त कानुन परिमार्जनको लागि सुझाव पेश गर्न आग्रह गरिन् ।

अब बन्ने फिल्म नीतिले दुई दशकको आवश्यक पनि पूरा गर्न सक्नुपर्ने धारणा मन्त्री शर्माले राखिन् । उनले फिल्मसम्बन्धी अलग कानुन बनाउनेबारे प्रयास गरिरहेको बताइन् । माघदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा सरकारले फिल्म विधेयक पेश गर्ने तयारी गरिरहेको मन्त्री शर्माले बताइन् ।

उक्त कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष तथा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाली फिल्मको सेन्सर र यसका आयामबारे प्रस्तुति राखे । चलचित्रको विकास र कार्यदिशाबारे चलचित्र विकास बोर्डका सदस्य सचिव विशाल सापकोटाले प्रस्तुति राखे ।

फिल्मकर्मीहरू सहभागी कार्यक्रममा विभिन्न विषयमा छलफल आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस