२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का

अ+ अ-

काठमाडौँ ।  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रूकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उनले सेनाको योगदान र पेसागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

‘सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ । आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ,’ रक्षामन्त्री खड्काले भने, ‘ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन हुनेछन ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।

राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्रसङ्घको झण्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै रक्षामन्त्री खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रूपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधैँ उच्च प्रशंसा हुने गरेको बताए । यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको गहन जिम्मेवारी पूरा गर्ने प्रमुख आधारशिला नै नेपाली सेनाको व्यावसायिक दक्षता रहेको र यसै कारणले नै शान्ति सैनिकका रूपमा नेपाली सेनालाई संयुक्त राष्ट्र सङ्घले प्राथमिकता दिने गरेको चर्चा गरे । ‘नेपाली सेनाको व्यावसायिक क्षमतालाई सधैँ उच्च राख्न हामीले जोड दिनुपर्ने खाँचो छ । यसका लागि नेपाली सेनामा तालिम, प्रशिक्षण, भौतिक संरचना तथा सैन्य उपकरणहरूको पर्याप्त व्यवस्था गर्न राज्यले निरन्तर जोड दिँदै आएको छ ।’

उपप्रधानमन्त्री खड्काले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि अनुशासित र व्यावसायिक फौजी सङ्गठनको रूपमा नेपाली सेना अहोरात्र खट्दै आइरहेको उल्लेख गरे । ‘नेपाली सेनाले यस क्षेत्रमा पनि भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय निकुञ्ज सुरक्षा एवम् विपद् व्यवस्थापन तथा नागरिक-सैनिक सम्बन्ध सुदृढीकरणलगायतका महत्त्वपूर्ण काम गरिरहेको भन्दै उनले भने, ‘यस पृतना अन्तर्गत कर्णाली प्रदेशका विकट तथा संवेदनशील क्षेत्रका विभिन्न स्थानमा तैनाथ रही गर्दै आउनुभएको सेवा प्रशंसनीय छ ।’

प्रतिक्रिया दिनुहोस