११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न साधारण सभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । 

बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सो वार्षिक साधारण सभामा सम्पन्न भएको हो । साधारण सभामा बोल्दै अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए ।

उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन विजनेश प्रोसोस रिईन्जिनीयरीङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्क्रिय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरूको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढीकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रूपमा अगाडि बढाइएको बताए ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि सेयर धनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारण राख्नुभएको थियो । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । 

उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू बाबुराम सुवेदी, रोमिला ढकाल उप्रेती, सुशील घिमिरे, अनलराज भट्टराई, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डङ्गोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल छत्कुलीको उपस्थिति रहेको थियो । साधारण सभामा चाटर्ड एकाउण्टेन्टहरु, बैंकका कानूनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशिल ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव हेमराज खरेलले सहजीकरण गरेका थिए ।

बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित दुई सय ८५ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, तीन सय वटा एटिएम र एक सय दुई वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

प्रतिक्रिया दिनुहोस