७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थानीय तहमा कानून अधिकृत आवश्यक छ’

अ+ अ-

चन्द्रौटा (कपिलवस्तु) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहमा कानुन अधिकृत आवश्यक रहेको बताएका छन् । 

कपिलवस्तुका जनप्रतिनिधिसँग प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रियापश्चात् पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहका जनप्रतिनिधिमा कानुनसम्बन्धी विज्ञता कम भएको र कर्मचारी पनि नहुँदा कानुन निर्माण तथा कार्यान्वयनमा समस्या देखिएको बताए । 

उनले  भने, “यस अघि पनि केही जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दा कानुन निर्माणमा समस्या रहेको गुनासो आएको थियो । प्रदेशको आगामी अधिवेशनमा स्थानीय तहमा कानुन, ऐन, नियमावली, निर्देशिकाहरू निर्माण तथा कार्यान्वयन गर्न सहज हुने गरी व्यवस्था मिलाउन प्रयास गरिने छ ।”

स्थानीय तहका कानुन प्रदेश र संघका कानुनसँग बाझिएको जनाउँदै यसमा सचेत भएर कानुन निर्माण गर्नुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो काम र कर्तव्यबारे अध्ययन गर्न आवश्यक रहेको रहेको उनले उल्लेख गरे । “कतिपय ठाउँमा मेयर, उपमेयरको अधिकारको विषयमा विवाद भएको पाइन्छ”, उनले भने, “स्थानीय तहले कानुन बनाउन समस्या देखेपछि केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ निर्माण गरी कार्यान्वयन गर्न भनेको छ ।”

सभामुख घर्ती मगरले संघीयताका मर्म नबुझ्दा समाजमा संघीयता विरुद्धको तत्त्व हाबी भएको बताए । संघीयतालाई बलियो बनाउँदै आफ्नो अधिकारको प्रयोग गरी जनप्रतिनिधिको क्षमता वृद्धि गर्न सकेमा संघीयताको औचित्य पुष्टि हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस