काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई तिर्ने बहिरङ्ग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो ।
बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आबद्ध व्यक्तिको ओपिडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपिडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।
‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कष्ट २०० र इमरजेन्सी प्याकेज कष्ट ४०० रहेकामा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कष्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।
बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलब्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ ।