१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज पुगे झण्डै डेढ लाख पर्यटक

अ+ अ-

काठमाडौँ । ६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ ।

६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै राजश्व संकलन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

चितवन निकुञ्ज दुर्लभ वन्यजीव एकसिंगे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायत मुख्य बासस्थल हो । यस्ता जीव जनावर, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशीविदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । चालु आर्थिक वर्षको पुससम्म कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन् ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज घुम्नेमध्ये ९० हजार ११४ नेपाली र ४३ हजार ४२५ विदेशीले रहेको बताए । यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका छन् । उनीहरू अधिकांश भारतीय हुन् ।

निकुञ्जले यो अवधिमा १७ करोड ४८ लाख ७० हजार १६१ रुपैयाँ राजश्व आम्दानी गरेको छ । जसमध्ये पर्यटनबाट मात्रै १४ करोड ४७ लाख ८१ हजार ३०० रुपैयाँ आम्दानी गरेको छ । निकुञ्जले स्वदेशी, सार्क देश र विदेशी पर्यटकको फरक फरक दरमा प्रवेश शुल्क लिने गर्छ । डुङ्गा सफारी, जिप सफारी र हात्ती सफारीको पनि थप बेग्लै शुल्क लाग्छ ।

हात्ती सफारी निकुञ्जभित्र हुँदैन । निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा हुने गरेको छ । जिप सफारी निकुञ्ज भित्र र मध्यवर्ती वन दुवैमा हुने गरेको छ । जिप सफारीबाट मात्रै यो अवधिमा निकुञ्जले दुई करोड ९५ लाख ८७ हजार सात सय रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

गत वर्ष तीन लाख हाराहारीमा पर्यटक निकुञ्ज घुम्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस