९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेलमा ‘ई-पेमेन्ट’ सेवा

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई-पेमेन्ट’मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने कर कनेक्ट आइपिएस, क्युआर कोड, मोबाइल वालेटलगायतका अनलाइन माध्यमबाट नगरमा बुझाउन मिल्ने व्यवस्था मिलाइएको हो । 

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो । नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो । केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ । धुलिखेल नगरबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको नमूना कार्यक्रमअन्तर्गत करदाताले सहजरूपमा राजस्व तिर्न/बुझाउन एवं विवरण भर्न मिल्नेगरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजस्व पोर्टलसमेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।

उक्त राजस्व पोर्टलको युजर बनाइसकेपछि करदाताले आफ्नो व्यक्तिगतलगायत अनलाइन माध्यमबाट बुझाउन मिल्ने व्यवस्था गरिएको हो । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले एक कार्यक्रमबीच हालै धुलिखेल नगरका लागि पहिलो पटक ई-पेमेन्ट अनलाइन पोर्टलको शुभारम्भ गरेका थिए। यसपछि धुलिखेल नगरका नागरिकले घरमा बसेर आफ्नो राजश्वसम्बन्धी विवरण भर्दै अनलाइनमार्फत भुक्तानी गरिरहेका हुन् । 

‘नागरिकलाई घरदैलोमा नै सेवा दिने र प्रविधिमार्फत नगरको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले ई-पेमेन्ट अनलाइन पोर्टल तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुरु गरिएको छ, यसबाट नागरिकले थप सेवाको अनुभूत गर्ने अपेक्षा गरेका छौँ’, नगरप्रमुख अशोक ब्याञ्जूले भने । यसका लागि नगरले थप सेवा प्रभावकारी बनाउन आफ्ना वडासचिव र राजस्व शाखाका कर्मचारीलाई तालिममा पठाएको छ । तालिमपछि नगरका सबै वडामा उक्त सेवा प्रारम्भ हुने जनाइएको छ ।

नगरका लेखा अधिकृत धनबहादुर बस्नेतले उक्त सेवा नेपालका सात सय ५३ वटा स्थानीय तहमध्ये धुलिखेल पहिलो भएकाले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडलबाट नागरिकलाई सेवामा सहजता थपिएको बताए । उनका अनुसार सरकारले आफ्नै सफ्टवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो हो । यसअघि निजी क्षेत्रबाट निर्मित सफ्टवेयरबाट सरकारले राजस्व सङ्कलनसम्बन्धी काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस