११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा सम्पत्ति विवरण सार्वजनिक, २५ तोला सुन र ८ लाख ब्यालेन्स

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए । मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख छ । विराटनगरमा पनि तीन वटा घडेरी र एक खेती रहेको उल्लेख छ । विराटनगर ७ मा तीन वटा घडेरी देखाएका कार्कीले वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाएका छन् ।

मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् । उनले उक्त घरजग्गा पैतृक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत छिन् ।

कार्कीले बूढीगंगा-२ ‘क’मा पौने ९ धुर, बूढीगंगा-२ ‘क’मै सवा ११ धुर र बूढीगंगा-८ ‘ख’मा ३ कट्ठा जग्गा छ । बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् ।

उनकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ । विराटनगरभित्र कित्ता नम्बर ४० को २५० वर्गमिटर, कित्ता नम्बर ३० को ८८६.२५ र कित्ता नम्बर २४ को ४२६.२५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ ।

२०७८ सालमा मन्त्री हुँदा कार्कीले बुझाएको सम्पत्ति विवरणमा विराटनगर ७ मै ४१०, ४५०, ४०१ वर्गमिटरका घडेरी र १० कट्ठा जग्गा पनि रहेको उल्लेख थियो । अहिले भने उनले ती जग्गा अहिले नरहेको बताएका छन् । विराटनगरको १० कट्ठा जग्गासहितका घडेरी बिक्री गरेका कारण नयाँ सम्पत्ति विवरणमा नखुलाएको उनको सचिवालयले जनाएको छ ।

कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ ।

उनको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रुपैयाँ ९० पैसा, उनकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रुपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ ।

यसैगरी छोराहरू साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रुपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरूको नाममा छन् ।

कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन्, जसमा ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । सवारीसाधनमा श्रीमती शान्तादेवीको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर रहेको देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस