९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आशुतोषको सानदार शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २७४ बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औँ ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए ।

आशुतोषले शतक अघि महत्त्वपूर्ण एक जीवनदान पाएका थिए ।

चोभार एन्डबाट आएका कमल खत्रीको दसौँ ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हाने ।

आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए । त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो ।

लेग स्पिनर हेमन्त राईलाई ३३ औँ ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए । लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे ।

बागमतीलाई ओपनर ईशान पाण्डे र आशुतोषले ५।१ ओभरमा २८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

ईशान ६ रनमा कमलको बलमा मिडअनमा भूपाल लुईटेलबाट क्याच आउट भएका थिए ।

त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । रित बायाँ हाते बलर अभ्यास तिमिशिनाको बलमा एज लागेर विकेटकिपर सोनु अन्सारीबाट क्याच आउट हुन पुगे । रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए ।

विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए । ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए ।

विपिन आचार्य र सूर्य तामाङले ९-९ रन बनाए । बागमती ४० ओभरमा २३०-४ को अवस्थामा थियो । त्यसपछि बाँकी ८.३ ओभरमा ४३ रन बनाउन ६ विकेट गुमाएपछि ३ सय माथिको विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस