काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गरिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौँमा रात्रि बिसान नगरी मोफसलमा लैजान विमानस्थलले तोकिदिएको थियो । तर, कार्यान्वयन फितलो भएसँगै कडाइ गर्ने निर्णय गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
प्राधिकरणले यो नियम कडाइ गरेसँगै बुद्ध एयरका नौ, श्री एयरलाइन्सका तीन र यती एयरलाइन्स, सीता एयर, नेपाल वायुसेवा निगम र तारा एयरका एक-एक जहाज रात्रि बिसानका लागि काठमाडौँ बाहिरका विमानस्थल लैजानुपर्ने भएको छ ।