७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन

अ+ अ-

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू. १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू. आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ ।

गत आवको यही अवधिमा रू. आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको थियो । सो वर्ष छ महिनाका लागि रू. ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ रू. एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ रू छ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व संकलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ रू. ८४ करोड सात लाख नौ हजार, ब्याज कर रू. पाँच करोड ७८ लाख ९९ हजार, घरबाहल कर रू. एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर रू. ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिए । उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ ।

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व संकलनमा कमी देखिएको हो । भट्टराईले भने, “अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।” युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व संकलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस