७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङको दाबी : गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन्।

सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताएका हुन्।

‘गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन, ‘उनले भने, ‘यो गठबन्धनलाई देख्दा अरूलाई ईर्ष्या, जलन भएको होला, यतिमा मात्रै सीमित हुँदैन यो। पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ।’

गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए।

‘कुनै पनि साथीले मत नबिगार्नुहोला। मत हाल्न जानिनँ भन्न पाइने छैन। त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ, ‘उनले भने, ‘गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एक मतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ।’

यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा माओवादी केन्द्रबाट मनरूपा शर्मा उम्मेदवार छन्।

यही माघ २ गते नवलपुरदेखि सुरु भएको प्रचारात्मक अभियान नवलपुर, गोरखा, लमजुङ, तनहुँ हुँदै शुक्रबार स्याङ्जा आइपुगेको राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद लामिछानेले बताए।

उनका अनुसार गण्डकी प्रदेशमा काँग्रेसको दुई हजार सात सय चार, माओवादी केन्द्रको नौ सय ९४, नेकपा एकीकृत समाजवादीको ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार छ। गण्डकी प्रदेशमा गठबन्धनको तीन हजार आठ सय २७ मतभार छ भने नेकपा एमालेको दुई हजार चार सय ५८ मतभार छ।

प्रतिक्रिया दिनुहोस