१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन

अ+ अ-

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका छन् । 

प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए । पालिकाका नागरिकलाई आवश्यक सेवा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उनले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह गरे । 

राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए। विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उनको भनाइ थियो । ‘आज हामी धेरै खुसी छौँ । अब वडाबाट नागरिकको काम सहजरुपमा गर्न सक्ने भएका छौँ’, उनले भने, ‘यसअघि आकाशमा बादल छायो कि सोलार चार्ज सकेर सेवा प्रवाह रोकिन्छ कि भन्ने डर हुन्थ्यो ।’

यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका एक सय ३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो । करिब एक हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताए । अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका छ सय १२ घरधुरीका नागरिकले सुविधा पाएका छन् । 

वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्करुपमा विद्युत् मिटर बक्स वितरण गरेको छ । त्यसका लागि गाउँपालिकाले रू छ लाख खर्च गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए । 

राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि रू तीन करोडमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत् उपभोग गर्न पाएका हुन् । ३० किलोमिटर एबिसी केबुल, सात सय ४० वटा आठ मिटरको स्टिल खम्बा, चार वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस