८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् एक वर्षमै लोक सेवाका पाँचदेखि सात वटासम्म परीक्षा पास गर्ने महिला

लोक सेवा
अ+ अ-

काठमाडौँ । सरकारी कर्मचारी बनेर राष्ट्रको सेवा गर्ने रहर (लालसा) कसलाई नहोला । तर, लोक सेवा आयोगको कठिन परीक्षा पास गरेर राष्ट्र सेवक कर्मचारी बन्ने अवसर सबैलाई जुर्दैन ।

राष्ट्रका लागि योग्य कर्मचारी हुन आयोगको परीक्षा पास गर्न त्यति सहज छैन । तर, तीन महिलाले एक वर्षभित्रै पाँचदेखि सात वटासम्म लोक सेवा परीक्षा पास गरेर चर्चाको शिखरमा छन् । यसरी चर्चामा रहनेमा गुल्मी, रोल्पा र बाजुराका महिला छन् ।

Chhaya-Jaishi
छाया जैसी

नौ महिनामा ६ परीक्षा पास
बाजुरा जिल्ला दुर्गम र पछाडि परेको जिल्लाका रूपमा चिनिन्छ । त्यहीँ बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ६ माल्तामा जन्मिएकी छाया जैसी सात सन्तानमध्ये कि चौथो सन्तान हुन् । महानन्द जैसीका पाँच छोरी र दुई छोरा मध्येकी छाया चौथो (काइँली) हुन् ।

सामान्य परिवारमा जन्मिएकी छायाले भानुदय माध्यमिक विद्यालयमा कक्षा एकदेखि १२ सम्मको शिक्षा गाउँमै लिएकी हुन् ।२०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भएको थियो र बुबाले पनि छायालाई कृषि प्राविधिक शिक्षा पढ्न लगाए ।
२०७७ सालमा पहिलो पटक उनले हेटौँडाबाट पाँचौँ तहको परीक्षामा सहभागी भइन् । नाम निस्किएन । २०७८ सालमा लुम्बिनी प्रदेशमा करारमा उनको नाम निस्कियो र जागिर गर्न थालिन् ।

सबै साथीले साथीले क्लास लिएरै तयारी गरेको देख्दा उनलाई पनि जागिर छोडेर पढ्ने सोच पलाएको थियो । जागिर गरेर कसरी नाम निकाल्न सकूला भन्ने उनलाई नलागेको पनि होइन । तर, घरको अवस्थाले जागिर छोड्न उनलाई दिएन । ‘कमाउने कोही छैन । मैले मेहनत गर्नुको विकल्प थिएन’, उनले भनिन्, ‘घरमा जागिरे कोही थिएन । बुबाले खेती किसानी गरेर छोराछोरीलाई पढाउने, हुर्काउने काम गर्नु भयो । आमाको भूमिका पनि त्यतिकै छ ।’

खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ कडा परिश्रम पछि उनले लोक सेवामा नाम निकाल्न सफल भइन् । संघीय लोक सेवा आयोगको पाँचौँ तह, बागमती प्रदेशमा पाँचौँ तह, लुम्बिनी प्रदेशमा चौथो तह, कर्णाली प्रदेशको पाँचौँ तह र सुदूरपश्चिम प्रदेशको चौथो तहमा उनको नाम निस्किएको छ ।

२०८० वैशाखदेखि पुससम्म लोक सेवाका ६ वटा परीक्षामा उनको नाम निस्कियो । गत पुसमा उनको पोस्टिङ उदयपुरको ताप्ली गाउँपालिकामा भयो । उनी चौथो तह अन्तर्गत नायब पशु सेवा प्राविधिकमा कार्यरत छिन् ।

छाया परिवारमा सरकारी जागिर खाने पहिलो सन्तान हुन् । ‘खेती गरेर पनि खान पुग्थेन । ज्याला मजदुरीकै पैसाले घर व्यवहार चलेको थियो । विगत सम्झिँदै उनी भन्छिन्, ‘बुबा घर बनाउने काम गर्नु हुन्थ्यो । गाउँमा धेरै घर बनाउनु भएको छ । म पढेको स्कुलको भवन र होस्टेल पनि बुबाले बनाउनु भएको हो । बुबाले स्कुलबाट कमाएको पैसा स्कुलमै फी मा कटाउने गर्नु हुन्थ्यो ।’
लोक सेवामा नाम निकालेपछि छायालाई सबैले राम्रो गर्‍यो, बाबुआमाले दुःख गरेर पढाएको छोरीले राम्रो गरी देखाइ भन्ने गर्दछन् । छायालाई सङ्घीयमा नाम निकालेर काम गर्ने इच्छा छ ।

Khusi-Budha
खुसी बुढामगर

सात वटा परीक्षामा नाम निस्केला भन्ने कल्पनै थिएन
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ मा जन्मिएकी खुसी बुढामगरले पनि एक वर्षमा लोक सेवा आयोगका सात वटा परीक्षामा नाम निकालेकी छन् । दिएका मध्ये धेरै परीक्षामा नाम निस्किएको उनी बताउँछिन् ।

कर्णाली प्रदेशको चौथो र पाँचौँ तहमा उनको नाम निस्किएको छ । यसैगरी लुम्बिनीमा प्रदेश र स्थानीय तहमा गरी दुई वटा परीक्षामा नाम निस्किएको छ । सुदूरपश्चिम प्रदेशमा पाँचौँ तह, कोशी प्रदेशमा चौथो र सङ्घीयमा पनि उनको नाम निस्किएको छ ।

यसरी आफूले दिएका परीक्षा अधिकांशमा नाम निस्कनुमा आफ्नो मेहनत नै रहेको उनी बताउँछिन् । ‘यसरी धेरै परीक्षामा नाम निस्किन्छ होला जस्तो लागेको थिएन । कल्पना पनि गरेको थिइन’, उनी भन्छिन् ।

सात सन्तान मध्येकी कान्छी खुसीले यो वर्ष परिवारमा साँच्चै खुसी दिएकी छन् । तर, सरकारी जागिर खाने उनी पहिलो सन्तान भने होइनन् । यसअघि परिवारमा तीन जनाले सरकारी जागिर खाइ सकेका छन् । ६ दिदीबहिनी र एक भाइमध्ये कि कान्छी खुसी सरकारी जागिर खानेमा पनि कान्छी हुन् ।

ठुली दिदीले सरकारी जागिर खाएको कारण परिवारमा अन्य सन्तानले पनि सरकारी जागिर नै खानु पर्छ भन्ने सोच पलाएको उनी बताउँछिन् । दिदीले देखाएकै बाटोमा आफू पनि हिँडेको उनको भनाइ छ ।

‘लोक सेवामा नाम निकाल्न आत्मबल हुनु पर्‍यो, निरन्तर मेहनत गर्नु पर्‍यो, सकारात्मक सोचेर टाइम टेबल बनाएर पढ्नु पर्‍यो । अत्तालिनु भएन’, उनी भन्छिन् । परिवारले पनि वातावरण बनाइदिनुपर्ने उनको अनुभव छ ।

‘नाम निकाल्नुमा दाइ, दिदी, भिनाजुको सकारात्मक सहयोग छ’, उनी भन्छिन्, ‘यो सहयोगप्रति परिवारका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु ।’ बर्दघाट नगरपालिका नवलपरासीमा कार्यरत खुसी सङ्घको परीक्षामा अन्तर्वार्ताको तयारीमा छन् । परीक्षामा नाम थप खुसी थपिनेमा उनी आशावादी छन् ।

Manisha-GC
मनीषा जिसी

लगातारको नतिजाले एकपछि अर्को खुसी दियो
गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी मनीषा जिसी (विष्णु घर्ती)ले लोक सेवा आयोगले विभिन्न पदका लिएका पाँच वटा परीक्षा पास गरेकी छिन् । अब जागिर खानु पर्छ, लोक सेवा दिनुपर्छ भनेर गरेको पहिलो वर्षको प्रयासमै पाँच वटा परीक्षा पास हुन सफल भएको उनी बताउँछिन् ।

‘यति धेरै परीक्षामा नाम निस्केला भन्ने सोचेको थिइन । पहिलो सिफारिस कोशी प्रदेशबाट भएको थियो । त्यसपछि दिएका परीक्षामा लगातार नाम निस्कियो’, उनी भन्छिन्, ‘एकपछि अर्को खुसी थपियो ।’

कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा उनको नाम निस्किएको छ ।

चार सन्तान मध्ये उनी पहिलो छोरी हुन् । उनीभन्दा साना दुई बहिनी र एक भाइ छन् । परिवारमा पहिलो सरकारी जागिर खाने उनी पहिलो सन्तान हुन् ।

सेतो कोट लगाएको मान्छे मन पर्ने उनलाई सानैबाट डाक्टर बन्ने चाहना थियो । तर, डाक्टर पढाउने क्षमता उनको परिवारमा थिएन, अंकलको सहयोगमै बुटवल झरेर स्टाफ नर्स पढेको उनी बताउँछिन् । माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट गरेकी उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट गरेकी हुन् ।

‘बाबा सामान्य व्यापारी हुनुहुन्छ । मैले फुल स्कलरशिप नर्सिङ पढेको हो’, उनी भन्छिन्, ‘बाबालाई सहयोग गर्नुपर्छ, दुःख गरेर पढाउनु भएको छ भनेर लगत्तै काम गर्न सुरु गरे ।’ नर्सिङ पास गरेपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।

पढाइलाई समय र निरन्तरता दिएमा सफल भइन्छ भन्ने उनलाई लागेको छ । हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गर्दै गरेकी उनी लोक सेवा आयोगबाट सिफारिस भए पनि हाजिर भने भई सकेकी छैनन् ।

लोक सेवाका लागि गुल्मी उर्वर भूमि मानिए पनि हाडहाडे भने विकट नै मानिन्छ । धुर्कोट गाउँपालिका– ३ का वडाध्यक्ष पदम विष्ट भन्छन्, ‘हाडहाडे गाउँपालिकाको पनि विकट ठाउँ हो । मनीषाले लोक सेवा पास गरेपछि गाउँमा खुसी छाएको । अन्यलाई पनि प्रेरणा मिलेको छ । दुर्गमले पनि सरकारी कर्मचारी जन्माएको छ ।’

प्रतिक्रिया दिनुहोस