९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुल्ला रूपमा बिक्री गरिएका कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह

कटन क्यान्डी
अ+ अ-

काठमाडौँ । सरकारले सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ । अखाद्य रङ्ग प्रयोग गरिएको रङ्गिन कटन क्याण्डी सम्बन्धी सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेको हो ।

‘रोडामाइन बी’ले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भएकोले यो अत्यन्त हानिकारक हुने विभागले जनाएको छ । खाद्य पदार्थमा यस प्रकारका अखाद्य रङ्गहरुको प्रयोग निषेध गरिएको छ ।

विभागको प्रयोगशाला जाँच गर्दा कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ भेटिएको विभागले जनाएको छ । विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ सूचनामा भनिएको छ ।

विभागले यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउनु हुन सबैमा सूचित गरेको छ । सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस