काठमाडौँ। कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्य शितलहरबाट कठ्याङ्ग्रिएका २५५ परिवारलाई कम्बल बाँडेका छन्।
आफ्नो तलब भत्ताको रकमले निर्वाचन क्षेत्र मोरङ-६ (क) को ५ र बुढीगंगा-७ का २५५ जनालाई कम्बल वितरण गरेका हुन्। बुढीगंगा-५ मा १३० जना र ७ नम्बरमा १२५ जनालाई कम्बल वितरण गरिएको हो।
निर्वाचन क्षेत्रमा विकासका परियोजना, विद्युतीय समस्या समाधान, जनताका गुनासाको सम्बोधन गर्दै आएका छन्। कोशी प्रदेशको मन्त्री हुँदा पनि विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए।