१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा सम्बन्धी १७ बुँदे निर्देशिका खारेज, ६ बुँदे जारी

अ+ अ-

काठमाडौँ । सरकारले भिजिट भिसा सम्बन्धी यसअघिको १७ बुँदे निर्देशिका खारेज गरेको छ । उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको हो ।

यसअघिको निर्देशिकाकाे कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि मन्त्रालयले नयाँ निर्देशिका बनाएर जारी गरेको हो । यो निर्देशिका बुधवारदेखि लागू हुनेछ । नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।

यसअघिको १७ बुँदे निर्देशिका अव्यवहारिक भएको चौतर्फी आलोचना पछी गृह सचिव दिनेश भट्टराईले ६ बुँदे नयाँ निर्देशिका ल्याएका हुन् । नयाँ निर्देशिकाले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल बताए ।

‘भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट १७ बुँदे निर्देशिका जारी भएको थियो । तर, उक्त निर्देशिकाले दलालहरूलाई चलखेल गर्न मलजल गर्‍यो । जसले गर्दा विमानस्थलको सिस्टममा नै प्रश्न चिन्ह खडा गर्‍यो’, उनले भने, ‘म कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएदेखि नै १७ बुँदेले सोझा नागरिक ठगिने वातावरण बन्यो भनेर संशोधनको लागि पहल गरेको थिए । अहिले यो प्रयास सफल भएको छ ।’

भिजिट भिसाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएकाे टकरावबारे प्रशासन डटकमले लेखेकाे थियाे ।

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

प्रतिक्रिया दिनुहोस