काठमाडौँ । युवा तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भयो । कोशीका मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाए ।
कप्तान अङ्कित सुवेदी २७ बलमा ३ चौकासहित २२ रन बनाए । ओपनर समिर कार्की ४ रनमै रन आउट भएका थिए ।
दोस्रो विकेटका लागि अङ्कित र मिनाषले ३६ रनको साझेदारी गर्दा ६०–१ को अवस्थामा थियो ।
आग्रीको बलमा मिनाष गल्लीमा खराब सट खेल्दै आउट भएपछि लगातार विकेट गुमाएको थियो ।
सुजन थपलिया ३ र सोनु अन्सारी ९ रनमा आउट भए । शीर्ष चार विकेट विकाशले लिएका थिए । त्यसपछि शेर मल्लले कोशीको मध्यक्रम ध्वस्त पारे । सुभन गहतराज ५ र फिर्दो अन्सारी १३ रनमा मल्लको बलमा बोल्ड आउट भए ।
त्यसपछि मल्लले भुपाल लुइँटेल १ र अभ्यास तिमिशिना ५ रनमा मल्लको बलमै बोल्ड भएका थिए ।
कमल खत्री ८ बलमा ३ छक्कासहित १८ रनमा क्याच आउट भए । सुदूरका शेर मल्लले ६ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । विकाश आग्रीले ७ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए ।