७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०८१-९१ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाउँछौँ : मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले २०८० देखि ०८१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रूपमा अगाडि बढाउन गृहकार्य गरिरहेको बताएका हुन् । 

उनले भने, ‘आन्तरिक रोजगारीको निम्ति के गर्न सकिन्छ वा सरकारको सहकर्मी को हुनसक्छ भन्ने गृहकार्यमा लागेका छौँ । त्यसको आधारमा २०८० देखि ०८१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रूपमा अगाडि बढाउन गृहकार्य गरिरहेको छौँ ।’

मन्त्री भण्डारीले अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका विभिन्न अनियमिततालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । अहिलेको वैदेशिक रोजगारको अवस्थामा जबसम्म विकल्प दिन सकिँदैन तबसम्म त्यसलाई व्यवस्थित पनि गर्न नसकिने उनको भनाई छ । 

उनले भने,‘अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका विभिन्न अनियमिततालाई नियन्त्रण गर्दै अहिलेको अवस्थामा जबसम्म विकल्प दिन सक्दैनौ त्यसलाई व्यवस्थित गर्न  सक्दैनौ । व्यवस्थित गर्ने तरिकाले काम गर्न आवश्यक छ । हाम्रो जनशक्तिलाई फर्काएर ल्याउने कुरालाई नियोजित तरिकाले काम गर्न आवश्यक छ । कहिले फर्काएर ल्याउने र देशको समृद्धिको कुरामा प्रयोग गर्ने भन्ने कुरामा एक खालको अध्ययनको आवश्यक छ ।’ उनले अहिले राष्ट्रिय आप्रवास नीतिको लागि काम गरिरहेको जिकिर गरे । 

त्यस्तै सचिव केवल प्रसाद भण्डारीले मिटरब्याजको पछिल्लो डेढ वर्षसम्म जतिपनि शृङ्खला चलेको छ त्यसमा आधा मानिस वैदेशिक रोजगारमा जानकै लागि ऋण लिन गरेको बताए । फर्किएर आएर पनि ७० प्रतिशतले ऋण तिर्न नसक्दा फेरी जानुपर्ने अवस्था रहेको भन्दै नबिल बैंकलाई वैदेशिक रोजगारमा जाने न्यूनतम मूल्य बैंकबाट सस्तो ब्याजदरमा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस