८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विश्वविद्यालयलाई नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको तीन बुँदे ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गुणस्तरीय शिक्षाको लागि समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्न ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष महेन्द्र राज भुसाल सहितका पदाधिकारीले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डा। दया राज ढकाललाई भेटेर पाठ्यक्रम परिमार्जनका लागि ध्यानाकर्षण गराएका हुन् ।

पोखरा विश्वविद्यालयले सन् २००० देखि स्वास्थ्य व्यवस्थापन विषयमा स्नताक , स्नताकोत्तर तहमा जनशक्ति उत्पादन गर्दै आएको छ । तर स्वास्थ्य व्यवस्थापनमा उत्पादित जनशक्तिको व्यवस्थापनबारे सम्बन्धित निकायमा कुनै चासो नदेखाएको संघले जनाएको छ । जसका लागि विश्वविद्यालयले नै अभिभाकत्व लिइ समस्याको समधानका लागि आवश्यक पहल गर्न संघले आग्रह समेत गरेको छ ।

शिक्षाको गुणस्तर अनुगमन, मूल्याङ्कन गर्न र स्वास्थ्य व्यवस्थापकलाई स्थायी हुने प्रक्रिया अगाढी बढाउन लोकसेवा आयोग तथा अन्य सम्बन्धित निकायमा सहजीकरण गर्नका लागि संघले आग्रह गरेको हो ।

पोखरा विश्वविद्यालयले हालसम्म स्नातक तहमा २ हजार, पोष्ट ग्रयाजुयट तहमा ५०० र स्नातकोत्तर तहमा १ हजार जनशक्ति उत्पादन गरिसकेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थाबाट स्नताक, स्नताकोत्तर थप वार्षिक ३सय जनशक्तिको उत्पादन हुँदै आएको छ ।

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्पादित जनशक्तिको आवश्यकता महसुस गर्दै सरकारले २०७५ सालदेखि ५० शैय्याभन्दा माथिका अस्पतालमा करारमा राख्दै आएको छ ।

संघका अध्यक्ष भुसालका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरु ४५ जिल्ला अस्पताल र प्रादेशिक तथा सङ्घीय अस्पतालमा समेत कार्यरत छन् । अब सरकारले स्वास्थ्य सेवा व्यवस्थापक दरबन्दी सिर्जना गर्दै लोकसेवा मार्फत स्थायी गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस