९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् ।

उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए। प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।

‘यहाँ शहीद घोषणामा छुट भएको कुरा आयो । म तपाईहरुलाई जानकारी गराउन चाहन्छु कि सरकारले करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्दैछ । त्यसको तयारी भइरहेको छ । त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ उनले भने, ‘म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरुलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ । र, शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा सम्मानित गरेको छ । र, हामी बाँचेकाहरुको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ ।’

प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको योगदानलाई पनि सरकारले कदर गर्दै सक्दो पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस