६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसको राष्ट्रिय परिषद् आजबाट, विधानमाथि छलफल हुने

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आइतरबाट सुरु हुँदैछ। सोमबारसम्म चल्ने राष्ट्रिय परिषद् बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने  उनले बताए। परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित हुनेछ। एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ। 

पार्टीले विधानको मस्यौदा तयार पार्न पार्टी उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा समिति पनि बनाएको थियो। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले आ-आफ्ना धारणा राखेका थिए।

सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए। त्यस्तै पार्टीको कार्यकारी कमिटीमा उमेरहदको व्यवस्था गर्नुनपर्ने, युवादेखि वृद्धसम्मलाई प्रतिशत छुट्टाएर प्रतिनिधित्व गराइनुपर्ने राय राखेका थिए। त्यस्तै केन्द्रीय कमिटी र आयोगका सदस्यहरू भूगोलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने धारणा पनि सचिवालय सदस्यहरूले राखेका थिए।

एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरूलाई ११ वटा प्रश्न नै बनाएर विधानमाथि सुझाव माग गरेका थियो। प्रश्नावलीमा उमेरहद राख्नुपर्ने-नपर्ने, महाधिवेशनमा केन्द्री कमिटी र केन्द्रीय आयोग सदस्यहरू स्वतः प्रतिनिधि हुने कि, निर्वाचित भएर आउनुपर्ने? केन्द्रीय कमिटीको आकार कस्तो हुने? आदि प्रश्नमा सुझाव मागेको थियो। एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस