६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयले नियन्त्रणमा लिएको काठबारे छानबिन गर्न समिति गठन

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिका-२ खरहरबाट स्थानीयले बिहीबार नियन्त्रणमा लिइएको ५ ट्रक काठको छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । गाउँपालिकाको वडा नं. २ स्थित चन्द्रमुखी सामुदायिक बनका पदाधिकारी, इलाका बन कार्यालय विपीनगरका कर्मचारी र ठेकेदारको मिलेमतोमा अवैध रूपमा काठ निकासी भइरहेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । 

विरोध पश्चात् सालको गोलिया सहित लोड भएको ५ वटा ट्रकको काठ नियन्त्रणमा लिई काठ खरहरमै झारिए पश्चात् कुरा बाहिर आएको थियो । डिभिजन बन कार्यालय डोटीका प्रमुख  डिभिजन बन अधिकृत गोकुल रीजाल उक्त घटाको बारेमा अनुसन्धान गर्न शुक्रवार फिल्डमा आफै स्वयं पुगेर जाँच बुझ गरेर फर्किएका छन् ।  

खरहरमै झारिएको करिब १ सय ५६,५७ वटा गोलिया काठ वैध, अवैध के कस्तो हो भन्ने विषयमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको डिभिजन बन अधिकृत रीजालले बताए । उनले भने डिभिजन बन कार्यालयका अधिकृत लक्ष्मीराज जोशीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको बताए ।

 समितिमा सामुदायिक बनका पदाधिकारी मध्य एक जना, स्थानीय तहको जनप्रतिनिधि एक जना र सब डिभिजन कार्यालय बीपीनगरका प्रतिनिधि  एक जना रहने बताए । उनले भने छानबिन समितिलाई एक हप्ताको समय दिएका छौ समितिले फिल्डमा अनुगमन गरी सम्पूर्ण अध्ययन गर्छ, प्रतिवेदन ल्याउँछ सोही अनुसार कति वैध ,अवैध, के कस्तो काठ हो, कसरी काटियो, कसरी ट्रकमा लोड भयो भन्ने सम्पूर्ण तथ्य आउँछ सोही बमोजिम कार्य अगाडी बढ्छ । 

छानबिन समितिले दिएको प्रतिवेदन अनुसार जा सुकै दोषी ठहरिए कसैलाई बनाउन नमिल्ने कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने समेत बताए । चन्द्रमुखी सामुदायिक बनले गत आर्थिक वर्षमा २ हजार ४ क्यूफुट काठ निकासीका लागि छुट पुर्जी पाएको भएपछि यस वर्ष म्याद थपको लागि कागजपत्र कार्यालयमा पेस गरेको अनुमति पाई नसकेको समेत डिभिजन बन अधिकृत रिजालले बताए । उनले भने प्रक्रियामा केही कैफियत, कमजोरी देखिएको छ विस्तृत रूपमा प्रतिवेदनमा आउँछ । प्रक्रिया र अनुमति बिना कसैले पनि एक रुख  पनि काट्न नपाउने समेत बताए । 

स्थानीयका अनुसार ठेकेदारले अवैधरुपमा विभिन्न ठाउँबाट सालका रुख काटी चन्द्रमुखी सामुदायिक बनको काठमा मिसाएर निकासा गर्न खोज्दा काठ नियन्त्रणमा परेको बताएका छन् । नाम नबताउने सर्तमा एक जना स्थानीयले बताए बनले अनुमति नदिएका २,३ वटा खडा रुखहरू काटेको मैले देखेको छु त्यसैले यस्ता अवैध काठ निकासी कार्यमा संलग्न लाई कानुन बमोजिम कारबाही हुनुपर्ने बताए । 

काठ निकासीमा प्रयोग गरिएका ट्रकहरू नियन्त्रणमा लिनुको सट्टा बनका कर्मचारीले काठ झारेर अर्को बनको काठ ओसार पसारमा प्रयोग गरेर पठाउँदा कर्मचारीहरूको संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् ।  उक्त क्षेत्रको काठ ओसार पसार गर्न ना ८ ख ३७७७, ना ६ ख २६१४ र सुप प्र ०१–००१ ख २७६९ , से १ ख १५७४ नम्बरका ४ वटा ट्रक र १ वटा नम्बर खुल्न नसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस