७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूत पाथिरानाबीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरानाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा शुभकामना आदान-प्रदानपछि नेपाल र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उपराष्ट्रपति यादवले हालै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकबाट दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न सहयोग पुगेको बताए ।

उपराष्ट्रपति यादवले नेपाल-श्रीलंका सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको बताउँदै सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे । उनले काठमाडौँ–कोलम्बो सिधा उडानले श्रीलंकाली तीर्थ यात्रीहरूलाई बुद्धको जन्म स्थल लुम्बिनी भ्रमण गर्न सहज भएको बताए ।

उक्त भेटमा श्रीलंकाली एयर चिफ मार्सलसमेत रही सकेका राजदूत सुदर्शन पाथिरानाले गौतम बुद्धमार्फत नेपाल र श्रीलंकाबीच २५ सय वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशले क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा समान खालको चुनौतीहरूको सामना गरिरहेको बताए ।

राजदूत पाथिरानाले नेपाली क्रिकेट क्षेत्र र खेलाडीहरूलाई श्रीलंकाले सहयोग गर्न चाहेको उल्लेख गर्दै त्यस अनुरूप श्रीलंकाली खेलकुद मन्त्रीसँग यसबारे आग्रह गरिसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस