काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख प्याट्रिक सान्डर्स र प्रधानसेनापति प्रभुराम शर्माबीच मंगलबार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुई मुलुकबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बीच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, भेटघाट अघि बेलायतका सेनाप्रमुख सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेलायती सेनाप्रमुख माघ १५ देखि २० सम्मको भ्रमणमा आएका हुन् ।