८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ माघदेखि दबाब यात्रा सुरु गर्दै रास्वपा, टुङ्ग्यायो अगुवाइ गर्ने नेताको नाम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरूमा दबाब यात्रा सुरु गर्ने भएको छ ।

२१ माघमा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरू सहभागी हुनेछन् ।

२२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरूको नाम भने रास्वपाले टुङ्ग्याएको छ ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक-काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ-पुल्चोक-गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटवाल र खुश्बु सरकार श्रेष्ठ रहेको कार्यदलले दबाब यात्रा गरिने आयोजना, मोडालिटी र नेता चयन गरेको हो ।

रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ-बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस