८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदलाई विकास आयोजना अनुगमनको भूमिका दिन रास्वपाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक’ मा संशोधन गर्दै प्रतिनिधि सभा सदस्यको भूमिका थप्नुपर्ने रास्वपाको प्रस्ताव छ ।

संघीय सरकार मातहतका विकास आयोजना र संघीय बजेटमा आधारित प्रदेश र स्थानीय तहले सञ्चालन गरेका आयोजनाको अनुगमन र मुल्यांकन गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विधेयक ल्याएको थियो । २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।

रास्वपाका सांसदद्वय गणेश पराजुली र हरि ढकालले यो विधेयकमा एउटा दफा थप गरेर प्रतिनिधि सभाको भूमिका राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘प्रतिनिधि सभा सदस्यले सम्बन्धित निर्वाचन क्षेत्रको विभिन्न तहका अनुगमन संयन्त्रले गरेको अनुगमनको निरीक्षण गर्न सक्नेछ’ उनीहरूको संशोधन प्रस्ताव छ ।

प्रतिनिधि सभा सदस्यले निरीक्षण पश्चात् प्रतिवेदन बनाएर संसद सचिवालयमा पेस गर्नुपर्ने उनीहरूको प्रस्ताव छ । ‘कमजोर तथा लापरबाहीको कारणले भएको अनुगमनबाट सरकारी हानी नोक्सानी भएको आशंका लागेमा निरीक्षणको प्रतिवेदन संघीय संसद सचिवालयमा पेस गर्न सकिनेछ’ उनीहरूको संशोधन प्रस्ताव छ ।

त्यस्तो निरीक्षण प्रतिवेदन संसद सचिवालयले सम्बन्धित विषयगत समितिमा पठाउनुपर्ने हुन्छ । विषयगत समितिमा छलफल भएर प्रतिनिधि सभामा समेत उक्त प्रतिवेदन पुग्न सक्ने परिकल्पना संशोधन प्रस्तावमा गरिएको छ ।

प्रस्तावमा अगाडि भनिएको छ, ‘‘सम्बन्धित समिति मार्फत प्राप्त प्रतिवेदन प्रतिनिधि सभाको बैठकले अनुगमन समितिका पदाधिकारीहरूको हेलचेक्र्याइँ तथा लापरबाहीको कारणबाट भएको हानी नोक्सानी सरकारी बाँकी सरह असुलउपर गर्ने लगायतका आवश्यक विभागीय कारबाही गर्न तोकिए बमोजिम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस