९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाई-भैँसीलाई सुत्केरी स्याहार भत्ता दिइने

अ+ अ-

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ।

किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो।

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बिमा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपंक्षी विकास शाखा प्रमुख डा. सुनिल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले एक हजार पाँच सय उपलब्ध गराउनेछ। पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलो पटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उनले जानकारी दिए।

पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागू गरेको छ। ६ महिनाको अवधिमा तीन सय ५० पशुलाई कृत्रिम गर्भाधान गराइएको तर यो संख्या न्यून रहेकाले बढाउनका लागि कार्यक्रम सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताए।

नश्ल सुधारमार्फत दूधको उत्पादन बढाउनका लागि पालिकाले किसानलाई प्रोत्साहन गरिरहने उनको भनाइ थियो।

सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेस गर्नुपर्नेछ।

२०८० वैशाखदेखि फागुन ८ गतेसम्म सुत्केरी भएका पशुमा मात्र यो नियम लागू हुने पालिकाले जनाएको छ । यस्तै गाई, भैँसीको बिमा गर्दा जम्मा बिमाङ्कको ८० प्रतिशत सङ्घीय सरकार, १० प्रतिशत गाउँपालिका र १० प्रतिशत कृषक स्वयंले व्यहोर्न पर्नेछ।

बिमा गर्दा व्यक्तिगत गोठालो दुर्घटना बिमा पनि गरिने प्रमुख ज्ञवालीले बताए। लम्पिस्कीन तथा खोरेत रोगविरुद्ध खोप लगाइसकेका गाई, भैँसी र व्यावसायिक फार्महरूलाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नं ३, ४, ५ र ७ मा गाई भैँसी पालेर दूध बिक्री गर्ने किसान धेरै रहेको बताए। ती वडाका किसानले गाई भैँसी पालेर दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाले किसानका गाई भैँसीका गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताए।

बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने पालिकाको तयारी रहेको उहाँले जानकारी दिए। पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको उनले बताए। गाउँपालिकामा तीन हजार भन्दाबढी कृषि र पशुपालनका फार्म दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस