७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीके राउतले भने-रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्रै रास्वपाको उद्देश्य

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको बताएका छन् ।

जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् ।

‘यस पार्टी (रास्वपा) सँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना देखिँदैन’, राउतले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘यसको नेतृत्वको जति चाँडो सकिन्छ कुनै तरिकाले २०८४ पहिला नै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सीमित देखिन्छ । मानौँ, प्रधानमन्त्री बन्ने बित्तिकै देशको सारा समस्या समाधान हुनेछ ।’

राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेश केन्द्रित नेता र दलहरूको विरोध, थरुहट आन्दोलन र पहिचान आन्दोलनप्रतिको दृष्टिकोण रास्वपाका परिचायक भएको राउतको दाबी छ ।

साथै, उनले रास्वपालाई लोकप्रियतावादबाट बढी निर्देशित रहेको भन्दै राष्ट्रपति, सेना, संघीयताको विरोध गर्नु यसैको उदाहरणका रूपमा रहेको उल्लेख गरेका छन् ।

सुरु धेरै सम्भावना देखिए पनि दीर्घकालीन योजनाको कमी रहेका रास्वपाका अध्यक्ष लामिछानेले विगतमा गरेका गल्तीका कारणले लगातार संकटमा थपिएको र अब कसैले पनि यसको नेतृत्व लिन सक्ने अवस्था नरहेको राउतको विश्लेषण छ ।

राउतले रास्वपाको उदय हुने राजनीतिक वा आर्थिक दर्शन बोकेर भन्दा पनि वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको पार्टीका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस