११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्पोर्ट्स् ग्लोबल टुरिजम-२०२४’ आयोजना हुँदै 

अ+ अ-

काठमाडौँ । सउलमा स्पोर्ट्स् ग्लोबल टुरिजम-२०२४ विषयमा एक दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । २०२४ फेब्रुअरी ६ तारिखमा दक्षिण कोरियाको राजधानी सउलमा नेपाली राजदूतावास दक्षिण कोरियाको नेतृत्व तथा  ग्लोबल एन आर एन फाउन्डेसन, हानयाङ्ग युनिभर्सिटी र एमआईटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनको सह-आयोजकमा एनआरएनए दक्षिण कोरिया तथा नेपाल स्पोर्टस् रिसर्च एण्ड प्रमोसन फाउण्डेशन रहेको नेस्पोका अध्यक्ष साम्राज्य विक्रम पाँडेले जानकारी दिएका छन् । 

नेपालको खेलकुद, पर्यटन र संस्कृतिलाई जोडेर मुलुकमा कसरी समृद्धि हासिल गर्न सकिन्छ ? भन्ने सन्दर्भमा विषयविज्ञहरुसँग ज्ञान, सीप र अनुभव आदान-प्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने उक्त सम्मेलनको उद्देश्य रहेको अध्यक्ष पाँडेको भनाई छ । 

नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतामा केन्द्रित सम्मेलनमा नेपाल, कोरियालगायत विभिन्न राष्ट्रहरूबाट गरी २०० जना भन्दा बढीको सहभागिता रहने पाँडेले बताए । 

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा  नेपालबाट  संस्कृति तथा पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतका प्रतिनिधि मण्डलको सहभागिता रहने छ ।  

सम्मेलनको दोस्रो संस्करण आगामी सन २०२५ को जनवरीमा नेपालमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस