१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले गर्‍यो द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न माग गरेको छ । सो माग गर्दै काँग्रेसले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाली काँग्रेसको समुदायमा काँग्रेस अभियानमा खटिएको टोलीले आज बिहान लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको र बैंकबाट लुटिएका सुन बापत क्षतिपूर्ति पनि प्राप्त नभएकाले तत्काल ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउँदै समुदायमा काँग्रेस अभियानको क्रममा जनताबाट प्राप्त सुझाव र गुनासाहरू ज्ञापन पत्रमा समावेश गरिएको भन्दै तिनलाई सम्बोधन गर्न माग गरिन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने निर्णयका लागि केन्द्रमा सिफारिस गर्ने बताए ।

ज्ञापन पत्र बुझाउन संग्रौलाको नेतृत्वमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी गएका थिए ।

ज्ञापन पत्रमा बाटोघाटो, सिँचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस