७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा अधिकृतमाथि कालो मोसो, कर्मचारी आन्दोलित भएपछि कामकाज ठप्प

अ+ अ-

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरूले कालोमोसो छ्यापेपछि उनीहरू आन्दोलित भएका हुन् ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका हुन्। सोमबार बेलुका कार्यालयबाट घर जाने क्रममा क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरूले कालोमोसो छ्यापेका थिए ।

कर्मचारीहरूले नगरपालीकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने विज्ञप्ति मार्फत जनाएका छन् ।

‘संविधानको मर्म र भावनालाई आत्मसात गर्दै दिन रात सेवा प्रदान गर्ने कर्मचारीहरूको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ। उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरू असुरक्षित भएको र निर्धक्क भई सेवा प्रवाह गर्ने कार्यमा कठिनाइ भएको महसुस गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीमाथि दुर्व्यवहार गर्ने दोषीमाथि कारबाही नहुँदासम्म यस्ता अराजक घटनाहरू बढ्दै जाने देखिन्छ। घटना घटाएको जिम्मा समेत लिएर अभिव्यक्ति सार्वजनिक गर्दा समेत यस्तो जघन्य घटना घटाउने कार्यमा संलग्न दोषी माथि कुनै कारबाही नहुनु गम्भीर विषय हो। सेवामा कर्तव्यनिष्ठ कर्मचारीको मनोबल गिराउने यस किसिमको कार्यप्रति घोर भर्त्सना गर्दछौ, ’विज्ञप्तिमा भनिएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गरी पीडितलाई न्याय दिलाउन कर्मचारीहरूको माग छ।

‘आगामी दिनमा सम्पूर्ण कर्मचारीहरूको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण सिर्जना गर्ने एवं भयरहित वातावरणमा सेवा प्रवाह गर्ने सुनिश्चितताका लागि हामी लम्कीचुहा नगरपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरू जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गरी पीडितलाई न्याय दिलाउन कर्मचारीहरूले माग गरेका छन्। घटनाका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनामा संलग्न मान्छे पहिचान गर्ने काम भइरहेको बताएका छन् । आन्दोलन गर्न आवश्यक नभएको भन्दै प्रमुख जिल्ला अधिकारी मिश्रले मान्छे पहिचान भएपछि कारबाही प्रक्रिया अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस