काठमाडौँ । न्याय परिषद्ले तीन जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले उनीहरूको सरुवा गरेको हो ।
उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको हो ।
सूची :
