७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदारमा १ सय १९ स्थानको माटो परीक्षण

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको छ । दुई दिने माटो परीक्षण शिशिरबाट १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको बडीकेदार गाउँपालिकाका कृर्षि शाखा प्रा.स. सुरेन्द्र ओलीले बताए ।

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दर पुर कञ्चनपुर, कृर्षि ज्ञान केन्द्र डोटी र बडीकेदार गाउँपालिकाको संयुक्त समन्वय तथा आयोजनामा बडीकेदारमा कार्यक्रम सञ्चालन भएको थियो । 

शिशिरबाट माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजता होस भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । माटो परीक्षणको नतिजा अनुसार आगामी दिनमा पालिकाले सोही अनुसारका कृर्षि क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्ने समेत अध्यक्ष साउँदले बताए । 

माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरका प्रमुख प्रकाश कुमार पन्तले माटो परीक्षण पछि किसानहरूलाई विभिन्न प्रकारका खेती गरी उत्पादकत्व बढाउन सहजता हुने समेत बताए । 

माटो परीक्षण पश्चात् किसानहरूलाई आवश्यकता अनुसारका खेतीपाती गर्न सहजता हुने बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । 

बसाइसराइका कारण पहाडका बस्तीहरू रित्तिएको अवस्थामा माटो परीक्षणबाट आएको नतिजाका आधारमा कृर्षि कार्यलाई प्राथमिकता दिन सके पालिकाको विकासमा सहयोग पुग्ने समेत उपाध्यक्ष कलेलले बताइन् । 

सोमबार र मङ्गलवार २ दिन सञ्चालन भएको शिविर वाट गरिएका नमुना परीक्षण बाट सबै भन्दा धेरै स्थानहरूमा अम्लीय माटो बढी रहेको नाइट्रोजन, फरपोरसको मात्रा कम देखिएको माटो तथा मल परीक्षण प्रयोगशालामा संलग्न कर्मचारीहरूले जनाएका छन् । यसका लागि स्थानीयले प्राङ्गारिक मलको प्रयोगमा जोड दिन सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस