८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारसँग जवाफ माग्ने विकास समितिको निर्णय

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सभा सामाजिक विकास समितिले निर्देशनालय खारेजबारे प्रदेश सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको अध्यक्षतामा आज सुर्खेतमा भएको बैठकले मन्त्रालयअन्तर्गतका निर्देशनालय खारेजले सरकार सञ्चालनमा अन्यौलता ल्याएको र अब कुन संरचनाले के काम गर्ने ? भन्ने स्पष्ट नभएकाले चित्तबुझ्दो जवाफसहित समितिमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिने निर्णय भएको हो । 

प्रदेश सरकारले निर्देशनालय खारेज गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । उनले भने, “निर्देशनालयले कर्णालीका १० जिल्लाबाहेक लुम्बिनीका पाँच जिल्लाका साविक एसएलसीका कागजात सुधार गर्ने, शिक्षक सेवा आयोगका काम गर्ने, पाठ्यक्रम विकास केन्द्रका कार्य गर्ने, शैक्षिक जनशक्ति विकासका कार्य गर्दै आइरहेको अवस्थामा सरकारले निर्देशनालय खारेज गरेपछि ती काम कसले गर्ने भन्ने स्पष्ट छैन । यसको हामीलाई जानकारी चाहिन्छ । सार्वजनिक सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने ध्येयका साथ हामीले सरकारको धारणा बुझ्न खोजेका हौँ ।”

समिति सदस्य यामलाल कँडेलले सरकार आवश्यकता नबुझेर मन्त्रिपरिषद्ले निर्णय गरी निर्देशनालय हटाउनुले अव्यवस्था जन्मिएको टिप्पणी गरे । “कामका हिसाबले सूचीकृत संरचना हटाउनुले सरकार सञ्चालन कार्य कमजोर हुँदै जान्छ । यसमा सरकार सच्चिन जरुरी छ”, उनले भने, “कर्मचारीको वृत्तिविकासमा पनि समस्या ल्याउने भएकाले यस विषयमा सरकारले आफ्नो धारणा बनाएर सरकारमा प्रस्तुत हुनुपर्छ ।”

समितिका सदस्य कलबहादुर हमालले निर्देशनालय खारेज तर निर्देशक नियुक्ति गर्ने प्रक्रिया आफैँमा कमजोर भएको बताए । उक्त बैठकमा विभागीय मन्त्री खड्गबहादुर पोखरेल, समितिका सदस्य जुम्कित लामा कार्की, इन्द्राकुमारी शाही, गमता विक, मिलन खड्का, मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारू, सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्ले, समितिका सचिव राजेन्द्र पौडेलको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस